काठमाडौं । अब एक खेल बाँकि रहेको अवस्थामा स्पेनिस लालिगा उपाधीको होडबाट बार्सिलोना बाहिरिएको छ । आइतबार राती घरेलु मैदानमा सेल्टाभिगोसँग नमिठो हार बेहोरेको बार्सिलोना अब उपाधीबाटै बाहिरिएको हो । खेल गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोना हारेको हो । त्यसो त यो सिजन उसका लागि शुरुवातबाटै सफल हुन सकेन् ।
तर, अधिकांश खेलाडी लामो समय चोटग्रस्त बनेपछि बार्सिलोनाले सिजन भर दोस्रो रोजाईका खेलाडीको भर पर्नु पर्यो । त्यसले कप्तान लियोनल मेसीमाथि अधिक भार परेको थियो । यद्दपी उनी यो सिजन पनि सर्वाधिक गोलकर्ता भने बनेका छन् ।
गएराति भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसकेको बार्सिलोनामाथि सेल्टाले २-१ को पुनरागमन जित हात पारेको हो । सेल्टाका लागि दुवै गोल सान्टी मिनाले गरे । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले २८ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।
८३औं मिनेटमा क्लेमेन्ट लेङलेट दोहोरो पहेँलो कार्डसहित मैदानबाट बाहिरिँदा बार्सिलोना दश खेलाडीमा समेटिएको थियो । आइतबार रातीका खेलमा एट्लेटिको मड्रिड र रियल मड्रिड भने विजयी भए । अब लिगमा एक खेल खेल्न बाँकी छँदा बार्सिलोना ७६ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ८३ र दोस्रो स्थानको रियल मड्रिडको ८१ अंक रहेको छ । सम्भवतः यो सिजनको उपाधी एट्लेटिकोले उठाउने देखिएको छ ।