काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच नेपाल करीव ठप्प बनेको छ । सरकारले कोरोनाको जोखिम हेरेर निषेधाज्ञा गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । सोही अनुसार अहिलेसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
मनाङ, तेह्रथुम र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । यी तीन जिल्लामा समेत कुनै न कुनै प्रकारको प्रतिवन्ध भने कायम नै रहेको छ ।
तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेको पाइएको छ ।
पछिल्लो समय ग्रामिण भेगमा संक्रमण तिव्र गतिमा फैँलदा चूनौति थपिएको विशेषज्ञहरुको भनाई छ । नेपालमा वैशाख ७ गतेदेखि निषेधाज्ञा शुरु भएको हो । उपत्यकामा भने १६ वैशाखबाट लागु भएको हो । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् । आइतबार ताप्लेजुङ र लमजुङले एक साता, काभ्रेपलाञ्चोक र सङ्खुवासभाले १० दिन, बैतडी र नुवाकोटले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । काठमाडौँ उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा कायम छ ।