लमजुङ केन्द्र भएर नेपालमा बिहानै ठूलो भूकम्प

काठमाडौं । नेपालमा लमजुङ केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । यो भूकम्पको तिब्रता ५.८ म्याग्नेच्युट मापन भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेटमा भूकम्प गएको हो । यसको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको छ ।

लमजुङको भुलभुले केन्द्र भएर भूकम्पको क्षति बारे विवरण भने आइसकेको छैन । कोरोना महामारीका कारण घर भित्र थुनिएका मानिस भूकम्पपछि झन तर्सित बनेका छन् ।