नवलपरासी । नवलपरासी पश्चिमस्थित दाउन्नेमा यात्रुबाहक बस दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट दुर्घटनामा पर्दा चार जनाको घटनास्थलमै ज्यान गएको प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।
अहिले उद्धार कार्य जारी रहेका कारण थप क्षतिको विवरण आउने प्रहरीले जनाएको छ । नवलपरासी पश्चिम प्रहरी कार्यालयका अनुसार रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको छ । घाइतेलाई विभिन्न अस्पताल पठाइएको छ । दुघर्टनामा घाइते भए पनि बस चालक भाग्दाभाग्दै पक्राउ परेका छन् । निषेधाज्ञाको समयमा बसमा भरिभराउ यात्रु कसरी बसले बोक्यो भन्ने समेत नखुलेको प्रहरीको भनाई छ ।