काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । कोरोनाबाट प्रहरी संगठनमा ज्यान गुमाउने उनी बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् ।
बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाली संचारमाध्यमले नेपाल प्रहरी प्रधान कार्यालय स्रोतलाई उदृत गर्दै जनाएका छन् । मुलपानी स्थायी घर भएका उनी दुई साता अघि संक्रमित भई अस्पताल भर्ना भएका थिए । बढ्दो महामारीले नेपालमा ज्यान जाने क्रम ह्वात्तै बढेको छ ।