भारतमा थामिँदै संक्रमण, मृत्युको ग्राफ अझै घटेन

File Photo REUTERS/Danish Siddiqui/THT

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रण केही थामिने संकेत गरेको छ । नयाँ सङ्क्रमित थप हुने क्रममा ब्रेक लागिरहेको तथ्यांक आइरहेको छ । तर, मृत्युको ग्राफ भने अझै उस्तै छ । भारतमा दैनिक चार लाखभन्दा माथिको संक्रमण दर घटेर अब साढे दुई लाखमा सिमित भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार दुई सय ६१ जनालाई सङ्क्रमण भएको छ । अब भारतमा सङ्क्रमण हुनेको सङ्ख्या २ करोड ५७ लाखभन्दा धेरै छ । भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि मृत्युदर उस्तै छ । २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण तीन हजार ८ सय ८० जनाको मृत्यु भएको तथ्यांक आएको छ ।

अब भारतमा ज्यान गुमाउनेको सङ्ख्या दुई लाख ८७ हजार एक सय ५६ पुगेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको सूचीमा भारत दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो स्थानमा छ । ब्राजिल तेस्रो स्थानमा रहेको छ । अमेरिकामा यस अवधिमा २८ हजार ५ सय ४१ जना नयाँ सङ्क्रमित थपिएको तथ्यांक आएको छ । यहाँ ६ सय ३६ जनाको मृत्यु भएको छ ।