नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टी, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२८७ जनाको पिसिआरमा ८२२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्।

यो सहित नेपालमा हालसम्म ४ लाख ८८ हजार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६५४३ रहेको छ । हालसम्म ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । मृतकको संख्या ५८४ठ पुगेको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

प्रदेश १ को इलाममा ११, उदयपुरमा २४, ओखलढुंगामा ७९, खोटाङमा २४, झापामा ६४, ताप्लेजुङमा ८, तेह्रथुममा २, धनकुटामा ४४, पाँचथरमा ६, भोजपुरमा १७, मोरङमा ४५०, संखुवासभामा १४, सुनसरीमा १२९ र सोलुखुम्बुमा ५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १९५, पर्सा ४५, बारामा २५, महोत्तरीमा १११, रौतहटमा ३१, सप्तरीमा ७२, सर्लाहीमा २८ र सिरहामा २७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ६ सय जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२५, चितवनमा १००, दोलखामा ६७, धादिङमा ५६, नुवाकोटमा २५, भक्तपुरमा २२९, मकवानपुरमा १३, रामेछापमा ४, ललितपुरमा ४०३, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ४६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २०१, गोरखामा १२, तनहुँमा ६०, नवलपरासी पूर्वमा ६, पर्वतमा २०, मुस्ताङमा १, म्याग्दीमा ३३, लमजुङमा ४, बागलुङमा ७ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३०, कपिलवस्तुमा ९४, गुल्मीमा ३२, दाङमा २४५, नवलपरासीमा ९५, पाल्पामा १३६, प्युठानमा ४, बर्दियामा २०८, बाँकेमा ३०९, रुपन्देहीमा ५२० र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २२, जाजरकोटमा १७, जुम्लामा १७, दैलेखमा ४४, रुकुम पश्चिमा ३, सल्यानमा ८२, सुर्खेतमा ३०० र हुम्लामा ३ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ९४, कञ्चनपुरमा १०५, कैलालीमा २६०, डडेल्धुरामा ३८, डोटीमा ३७, दार्चुलामा ३५, बाजुरामा २ र बैतडीमा ६१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।