काठमाडौं । विश्वकप छनोटका तीन महत्वपूर्ण खेल अगाडी मैत्रीपूर्ण खेलका सिलसिलामा नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ । कतार एयरवेजको चार्टर्ड जहाजमार्फत नेपाली टीम इराक पुगेको हो । नेपाल २० वर्षपछि इराकी भूमिका प्रतिस्पर्धामा उत्रिँदैछ । यसअघि नेपाली राष्ट्रिय टोलीले सन् २००७ मा इराकसँग मैत्रिपूर्ण खेल खेलेको थियो ।
नेपालको विश्वकप छनोटका खेलहरु भने आगामी साताबाट शुरु हुँदैछन् । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणका खेल यो भ्रमणमा हुनेछन् । इराकसँगको खेल भने शनिबार हुनेछ । नेपाली टिमलाई पहिलो पटक प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सम्हाल्दैछन् । उनले नेपालले अब आक्रामक फुटबल खेल्ने बताएका छन् ।
इराक एसियाली फुटबलकै शक्तिशाली टीममध्ये एक हो । यो खेल नेपालको विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ । फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि रहेको छ । इराक विश्व वरीयतामा ६८औं स्थानमा छ । नेपाल १७१औं स्थानमा छ।