काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट थप एक साता निषेधाज्ञा लम्बिएको छ । सरकारले थप गरिएको निषेधाज्ञाको नियममा अझ कडाई गरेको छ । यस्तो कडाईलाई सरकारले भने विरोधका आवाज दवाउन सरकारले गरेको षडयन्त्र भनेको छ । किनकी नेपालमा संक्रमण कम हुँदै गएको सन्दर्भमा निषेधाज्ञा खुकुलो बनाउनु पर्नेमा अझ कडाई गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न पाइने छैन । त्यावश्यक काम नपरी सडकमा हिँडडुल गर्न समेत रोक लगाइएको छ । मर्निङ वाक र इभिनिङ वाकमा निस्कने माथि समेत जरिवाना तिराउने तयारी सरकारको छ । पसलेहरुलाई एक पटक चेतावनी दिने र दोस्रो पटक पनि अटेरी गरि पसल संचालन गरेमा जरिवाना हुने भएको छ ।
किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द भएका छन् । तर, बिहान ९ बजेसम्म दुध, फलफुल तथा मासु पसल भने संचालन हुनेछन् । औषीका पसल जुनसुकै बेला पनि खुला हुनेछन् । स्थानीय प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको जनाएको छ । उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो ।
नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । जसमा दुई कम्पनीले बिक्री गर्ने चामल, दाल, नेल, नुनलगायत सामग्री घरघरमै पुर्याउने व्यवस्था गरिएको हो ।