प्रदेश संसद छिरिङ दोर्जे लामाको समन्वयमा आइसोलेशन सेन्टर संचालन


अमृता के सी ( रोनी )
काठमाडौँ, बैशाख १४ ।बागमती प्रदेश संसद छिरिङ दोर्जे लामाको समन्वय र काठमाडौँ महानगरपालिका ६ नं वडा कार्यालयको नेतृत्वमा अक्सिजन सहित १० शैयाको आइसोलेशन सेन्टर सुचारु भएको छ ।

कामपा महांकाल स्थित श्री जनकल्याण माध्यामिक विद्यालय,आर्ट अफ लिभिङ लगायत विभिन्न संघ संस्थाको साझेदारीमा आइसोलेशन सेन्टर निर्माण भएको हो ।प्रदेश संसद लामाले तीब्र रुपमा कोरोना संक्रमण बढीरहेको विषम परिस्थितिमा भाडामा बसोबास गरिरहेका संक्रमितहरुलाई होम आइसोलेशन बस्न समस्या हुने भएकाले आइसोलेशन केन्द्र निर्माण गरिएको बताए ।
बुधबारबाट संचालन गरिएको आइसोलेशनमा निःशुल्क औषधि, खाना र स्वास्थ्य सुविधाको व्यवस्था गरिएको छ।संक्रमित बिरामीलाई २४ सैं घण्टा स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य उपचार र हेरचाहको व्यवस्थापन गरिएको छ।आइसोलेशनको केन्द्र संचालन पछि आफ्नो वडामा रहेका संक्रमितहरुको उपचारमा सहजता हुने कुरामा वडा अध्यक्ष दिपेन्द्र लामा विश्वस्त छन् ।