अमृता के सी ( रोनी )
काठमाडौँ, जेष्ठ १४ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित भैरव चौरमा नेपाली कांग्रेसको आयोजनामा प्रतिनिधि सभा विघटनको विरुद्ध मसाल जुलुस सहित बिरोध प्रदर्शन भएको छ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ का कोषाध्यक्ष किरण केसीको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको घोषणा असंवैधानिक कदमको बिरोध गर्दै प्रदर्शनकारिले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएका थिए ।
प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको घोषणा असंवैधानिक कदम भन्दै गरिएको प्रदर्शनमा उक्त क्षेत्रका दर्जनौ काँग्रेसका कार्यकर्ता सहभागी थिए। प्रदर्शनलाई बौद्व प्रहरीले नियन्त्रणमा लिए पनि कोही पनि प्रदर्शनकारी गिरफ्तार नभएको नेपाली कांग्रेसका कोषाध्यक्ष केसीले बताए ।
