सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ७४ वर्ष पुरा

File Photo

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ७४ वर्ष पूरा भएको छ। यस दिनको उपलक्ष्यमा आज नेपाल भित्र र विदेशमा समेत सगरमाथा दिवस मनाइंदैछ । न्यूजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले सन्‌ १९५३ मे २९ को दिन सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला राख्दै यो इतिहास कायम गरेका थिए ।

प्रकृतिमाथि मानिसले कायम गरेको यो गौरवको सम्झनामा हरेक वर्ष मे २९ मा सगरमाथा आरोहण दिवस मनाउने गरिन्छ। हिलारी र शेर्पाको सफल आरोहणपछि सगरमाथा विश्वभर आकर्षणको केन्द्र बन्यो । यसले नेपालको पर्यटनको ढोका खोल्यो र मुलुकको अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका खेल्यो । सोहीकारण कठिन भन्दा कठिन परिस्थितिमा समेत विदेशी पर्यटकको आकर्षण नेपालमा कम भएको छैन ।

कोरोना महामारीको विषम परिस्थितिमा इतिहासमै बढी आरोहीले सगरमाथा चढ्ने अनुमति लिएको बाट समेत यो पुष्टी भएको छ । अहिले सगरमाथा आरोहणको सिजन जारी छ । करीव २ सय आरोही अझै सगरमाथा क्षेत्रमा छन् । यो वर्ष ४ सय ८ जना आरोहीले सगरमाथा चढ्न सरकारबाट अनुमति लिएका थिए ।