लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी भिक्टोरिसद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

अमृता के सी ( रोनी )
काठमाडौँ,जेष्ठ १७।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले अक्सिजन भरिएको केही थान सिलिन्डर हस्तान्तरण गरेको छ ।लायन्स क्लब नयाँपाटी भिक्टोरिसले गोकर्णेश्वर नगरपालिका वडा नं १ लाई हस्तान्तरण गरेको हो । कोभिड -१९ को दोस्रो लहरमा धेरैजसो कोरोना संक्रमितलाई श्वासप्रश्वासमा समस्या आए पछी अक्सिजन आवश्यकता हुँदा अक्सिजन नपाएर समस्या थपिदै गएको छ ।अस्पतालहरुमा समेत अक्सिजन नपाएर हरेक दिन नेपाल सरकारले बिदेशबाट अक्सिजन ल्याउने क्रम जारी नै छ। अझै पनि सर्वसाधारणले अक्सिजनको समस्या भोगी रहेको बिषम परिस्थितीमा गोकर्णेश्वर नगर पालिका वडा नं १ मा रहेको लायन्स क्लब अफ काठमाडौँ नयँपाटी भिक्टोरियसले आइतबार एक कार्यक्रमको बिच वडा प्रमुख राम मानन्धर ५ सिलिन्डर अक्सिजन हस्तान्तरण गरेको हो । क्लबले हस्तान्तरण गरेको अक्सिजन सिलिण्डर आजै दुई जना संक्रमितलाई वडा कार्यालयले दिइसकेको छ भने अक्सिजनको आवश्यकता हुनेले वडामा सम्पर्क गर्न समेत वडा प्रमुखले जानकारी दिएका छन्।”जहाँ आवश्यकता त्यहाँ लायन्स” नितान्त सेवाभाव बोकेर देशमै कोरोना भाइरस संक्रमणको जोखिम समयमा आइसोलेशन सेन्टर,स्वास्थ्य सामाग्री देखि भोकालाई भोजन समेत लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले दिदै आएको छ।हालको विषम परिस्थितिमा लायन्स क्लब अफ काठमाडौँ नयँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट लायन बिख्यात प्रसाद थपलियाका अनुसार प्रायजसो वडाबासिले वडा कार्यालयमा अक्सिजनको माग गर्ने हुँदा उक्त अक्सिजन हस्तान्तरण वडामा पनि गरेको बताए ।नयाँ भेरियन्टको दोस्रो लहर नेपालमा व्यापक रुपमा फैलिराखेको अबस्थामा अग्रपन्तिमा खटेर लायन थपलियाले बिरामिको घर-घरमा अक्सिजन सिलिन्डर पुर्‍याइ दिइ रहेका छन्।