बाजुराको जगन्नाथ गाँऊपालिकालाई काठमाडौँबाट लायन्स क्लबले स्वास्थ्य सामाग्री पठाउने अभियान

अमृता के सी ( रोनी )
काठमाडौं, जेष्ठ १८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नीले बाजुराको जगन्नाथ गाउँपालिकाको लागि स्वास्थ्य सामाग्री संकलन गरेको छ।नेपालकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरामा कोरोना कहरको दोस्रो लहर व्यापक रुपमा फैलिराखेको अवस्थामा हाल सम्म ५०२ जना कोरोना संक्रमित भेटिएका छन् ।जगन्नाथ गाउँपालिकाबाट कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सहयोग आह्वान भैरहेको छ ।“भजन गाउने ओठ भन्दा सेवा गर्ने हात ठूलो हुन्छ” भन्ने मुल मन्त्र बोकेर लायन्स क्लब अफ काठमाडौं जर्नीकी संस्थापक अध्यक्ष लायन रोजिना बिष्ट (रोज) ले स्वास्थ्य सामाग्री आवश्यक परेको खरब पाउन साथ तुरुन्तै स्वास्थ्य सामाग्री जुटाउन लागि परेको बताईन् ।लायन्स क्लब अफ काठमाडौँ जर्नी टिमको आर्थिक सहयोगमा संकलित स्वास्थ्य सामाग्री संकलन कर्तालाई दिईसकेको समेत बिष्टले बताईन्।लायन्स क्लब जर्नीले सिटामोल, ओमिप्राजोल, भिटामिन सि, प्यान्टोप्राजोल इन्जेक्सन, डिक्लोफिनेक इन्जेक्सन ,मास्क आदि संकलन कर्ता समक्ष सोमबार नै पठाइएको छ।संकलन कर्ताले विभिन्न सहयोगी दाताहरुबाट आवश्यक स्वास्थ्य सामाग्री संकलन गरि रहेका छन्।हालको विषम परिस्थितिमा उक्त स्वास्थ्य सामग्री जगन्नाथ गाउँपालिकाको स्वास्थ्य केद्रमा पुर्‍याउने संकलन कर्ताले जानकारी दिएका छन्।