बुर्किना फासोमा आतंकवादीद्धारा कम्तिमा १ सयको हत्या

फाइल तस्वीर : बुर्किना फासोको सुरक्षा फौज Photo by ISSOUF SANOGO / AFP via Getty Images)

काठमाडौं\एजेन्सी । बुर्किना फासोमा आतकंवादीको आक्रमणमा परी कम्तिमा एक सय जना मारिएको छन् । बीबीसीले समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै जनाए अनुसार देशमो उत्तरी भागमा रहेको एउटा गाउँमा हतियारधारिहरूले आक्रमण गरेका छन् । यो घटना शुक्रबार रातीको हो । घटनामा कम्तिमा एक सय जना मारिएको राष्ट्रपति रोक कबोरेले जानकारी गराएका छन् ।

शुक्रवार राति सोल्हान गाउँमा छापा मारिएको र त्यहाँ घर तथा बजारमा आगजनी गरिएको उनको भनाई छ । हालसम्म आक्रमणको जिम्मा कसैले पनि लिएको छैन। तर पछिल्ला दिनहरूमा त्यहाँ इस्लामी समूहहरूको हमला बढेको छ । खासगरी नाइजेर र मालीसँग जोडिएका क्षेत्रमा त्यस्ता घटना बढेको समाचारमा उल्लेख छ ।

बुर्किना फासोले आफ्ना छिमेकी राष्ट्रहरूमा जस्तै गहिरिँदै गएको सुरक्षा सङ्कटको सामना गरिरहेको छ। उक्त क्षेत्रमा शस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन्। फ्रान्सेली फौजले माली, चाड, मोरीटेनीया, नीजेर र बुर्कीना फासोका सैनिकलाई अतिवादीहरूसँग लड्न सहयोग गरिरहेको समेत बीबीसीले जनाएको छ ।