ओलीको प्रस्तावबारे नेपाल पक्षको मिश्रित प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु विरुद्ध अदालतमा गएको हस्ताक्षर फिर्ता भएमा पार्टीमा कसैलाई कारवाही नगर्ने र २०७५ साल जेठ २ गते भन्दा अगाडीका कमिटीहरु सक्रिय गराउने घोषणाबारे एमाले माधव नेपाल पक्षका नेताहरुको मिश्रित प्रतिक्रिया आएको छ । पछिल्लो समय ओलीसँग नजिक बन्दै गएका योगेश भट्टराईले प्रस्ताव सकारात्मक भएको बताएका छन् ।

तर, नेतृ रामकुमारी झाँक्री भने यो प्रस्ताव छलकपटपूर्ण भएको बताएकी छिन् । आफूहरुले संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमको विरोध गरेको भन्दै त्यसबारेमा कुनै प्रश्चाताप नगरेको यो प्रस्तावको कुनै अर्थ नभएको बताएकी छिन् । उता, ओलीको समर्थन गरेका योगेशले भने अदालतमा शेर बहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।

सोहीकारण उनी पार्टीको कारवाहीमा पनि छैनन् । एमालले ११ जना नेतालाई मात्र कारवाही गरेको छ । जसमा माधव कुमार नेपाल, झलनाथ खनाल, रामकुमारी झाँक्रीसहितका नेता छन् । आज नेपाल समूहको संयुक्त बैठक बसेर यसबारे प्रतिक्रिया दिने तयारी रहेको छ ।