काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ तथा एशियाली फुटबल २०२३ को छनोट खेल अन्तर्गत आफुभन्दा निकै बलियो टोली जोर्डनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती पौने १० बजे शुरु हुने छ । कुवेतमा भइरहेको यो खेलमा नेपाल स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रने नेपालको राष्ट्रिय टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले जनाएका छन् ।
टीम जोर्डनको सामना गर्न पूर्णरुपमा तयार रहेको समेत उनको भनाई छ । जोर्डनका खेलाडी फिजिकल रुपमा नेपाली खेलाडीको तुलनामा बलिया छन् । तर, फुबटलमा जे पनि सम्भव हुने दुबै टीमका प्रशिक्षकको भनाई छ । अलमुतैरीले जोर्डन स्तरीय टोलि रहेको स्वीकार गर्दै नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रने बताए । प्रत्येक खेल ०–० बाट सुरु हुने भन्दै उनले त्यसपछि मात्र जित हारको विषय आउने बताए ।
नेपालको लक्ष्य एशिया कप छनोट भएको भन्दै त्यसका लागि समेतजोर्डनबिरुद्ध जित्नुपर्ने दवाव रहेको उनको भनाई छ । जोर्डनका प्रमुख प्रशिक्षक भिटल बोर्केलमान्सले कडा तयारी गरेको र नेपाल बिरुद्धको खेल टीमका लागि महत्वपूर्ण हुने बताए । जारी प्रतियोगितामा नेपालले चाइनिज ताईपेइलाई २–० ले हराएर उच्च मनोवलका साथ मैदान उत्रदैं छ ।