सिन्ध । पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तिमा २५ जना मारिएका छन् । यो दुर्घटना पाकिस्तानको सिन्ध प्रान्तमा भएको हो । यहाँको डहरकीमा सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसका रेल एक आपसमा ठक्कर खाँदा कम्तिमा २५ जना मारिएको खबर समाचार एजेन्सीले प्रसारण गरेका छन् ।
कैयौं व्यक्ति घाइते रहेका र उद्धारको काम पनि भइरहेका कारण मृतकको संख्या बढ्न सक्ने आशंका छ । रेडियो पाकिस्तानका अनुसार दुर्घटना सोमवार बिहान भएको हो । गम्भिर प्रकृतिका घाइतेलाई अस्पताल पठाइएको छ । फसेका यात्रुको बचाउको काम जारी छ । रेलवे विभागका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा जाँदै थियो । सर सैयद एक्सप्रेस रावलपिंडीबाट कराचीका लागि छूटेको थियो ।