काठमाडौं । फिफा विश्वकप २०२२ कतारका लागि दक्षिण अमेरिकन छनोट खेलमा अर्जेन्टिनाले दुई गोलको अग्रता गुमाउँदा खेल बराबरीमा रोकिएको छ। बुधबार बिहान कोलम्बियासँगको खेलमा अर्जेन्टिनाले पहिलो १० मिनेट भित्रै दुई गोल गरि अग्रता लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा दुई\दुई गोलको बराबरीमा खेल सकियो ।
अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। उसका लागि रोमेरोले गोल गरेका थिए। आठौं मिनेटमा परेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। कोलम्बियाले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल फर्कायो। कोलम्बियाका लागि मुरियलले गोल गरे।
९० मिनेटपछि थप भएको ५ मिनेटको चौथो मिनेटमा कोलम्बियाले बराबरी गोल फर्कायो । बोर्जाले बराबरी गोल गरे। दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिना अपराजित छ । तर, उसल लगातार तेस्रो खेल बराबरीमा टुंग्यायो ।