भारतको कानपुरमा भयानक सडक दुर्घटना, कम्तिमा १७ मारिए

Image Source : TWITTER/DDNEWS

कानपुर । भारतको भारत उत्तर प्रदेश राज्यको कानपुरमा भएको भयानक सडक दुर्घटनामा कम्तिमा १७ जना मारिएका छन् । कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ठूलो मानवीय क्षति भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मंगलबार साँझ भएको यो दुर्घटनामा थप ६ जना गम्भीर घाइते रहेको समाचारमा उल्लेख छ । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पिडितका परिवारलाई प्रतिपरिवार दुई लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् । प्रहरीका अनुसार तीव्र गतिमा रहेको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएको थियो ।

त्यसपछि बस पल्टिएको हो । यो बस लखनउबाट नयाँदिल्लीका लागि छुटेको थियो । शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको हो । दुर्घटनामा मृत्यु भएकाहरुमध्ये धेरैजसो बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदुर छन् । सबैजनाको घटनास्थलमै मृत्यु भएका कारण समेत दुर्घटना भयानक भएको समाचारमा उल्लेख छ ।