यूरोकप शुक्रबारबाट शुरु हुने

Photo : tass.com

रोम । युरोकप फुटबल प्रतियोगिता शुक्रबारबाट शुरु हुंदैछ। ११ जुनबाट जुलाई ११ सम्म संचालन हुने प्रतियोगिता युरोपका विभिन्न शहरमा खेलाइने भएको छ । युरोकपको १६ औं संस्करण हुन लागेको हो । विभिन्न मुलुकका ११ शहरले प्रतियोगिताका खेलहरु संचालन गर्दैछन् । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको छ ।

युरोपेली फुटबलको सर्बोच्च निकाय यूईएफएका अनुसार युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ । इटालीको रोममा उद्घाटन खेलमा हुनेछ । जहाँ टर्की र इटाली भिड्दैछन् ।

फाईनल खेल लण्डनमा आयोजना गरिने भएको छ । प्रतियोगितामा युरोपियन राष्ट्रले मात्र खेल्न पाउँछन् । सन् २०१६ को युरोकपको उपाधि पर्चुगलले जितेको छ । सन् २०२० मा हुनुपर्ने युरोकपको यो संस्करण कोरोना महामारीपछि एक वर्ष धकेलिएको हो ।