यूरोकप : आज इटली र टर्की भिड्दै

रोम । यूरोकप फुटबलको १६ औं संकरण आजबाट शुरु हुँदैछ । यूरोपका विभिन्न ११ वटा शहरमा संयुक्त रुपमा आयोजना हुने युरोपेली च्याम्पियनसिप नियमित समयभन्दा एक वर्ष पछि धकेलिएको हो । कोरोना महामारीका कारण सन् २०२० मै हुनुपर्ने प्रतियोगिता शुक्रबारबाट शुरु हुन लागेको हो । आज उद्घाटन खेलमा इटली र टर्की भिड्दैछन् ।

उपाधी यात्रामा कुल २४ टिम रहेका छन् । युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा खेलाइन लागेको हो । आजको खेल भने इटलीको रोममा हुनेछ । जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुने तालीका छ । यूरोपकलाई मिनि विश्वकप समेत मानिन्छ । किनकी यूरोपबाट विश्वकप खेल्ने अधिकांश टीम यो प्रतियोगितामा सहभागी हुन्छन् ।