काठमाडौं । भारतीय सैनिक सेवामा अब नेपाली महिला समेत भर्ती हुन सक्ने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । भारतीय सेनाले पहिलो पटक नेपाली महिला समेत भर्ती हुन सक्ने गरि नियम ल्याएको हो ।
सूचना अनुसार भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी गराएको हो । १० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासको सूचनामा उल्लेख छ । महिलाको उचाइ १५२ सेन्टिमिटर तोकिएको छ ।
यस सिजनका लागि आवेदन समेत खुलेको छ । अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्म फारम गर्न सकिने भएको छ । वीर नारीलाई ३० वर्षसम्मको उमेर छुट दिइएको छ। भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट हुने छ । उनीहरुको हकमा लिखित परीक्षामा २० अंक बोनस जोडिने छ ।