जेनेभा । रुस र अमेरिकी राष्ट्रपतिबीच पहिलो पटक आमनेसामने भेटवार्ता भएको छ । जी सेभेन बैठकका दौरान यूरोप भ्रमणमा पुगेका दुबै नेताबीच जेनेभामा भेटवार्ता भएको हो । रुसी राष्ट्रपति व्लादिमीर पुटीन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको हो ।
बाइडेनले पुटीनमाथि आफुलाई हराउन भूमिका खेलेको आरोप लगाइरहेका छन् । यी दुई नेताबीचको भेटमा रूसी राष्ट्रपतिले पहिले हात दिएका थिए । त्यसपछि बाइडेन एक कदम अगाडी बढेर हात मिलाए ।
त्यसपछि दुबैले क्यामरामा आफ्नो पोज दिएका थिए । रूसी राष्ट्रपति व्लादिमीर पुटीन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटलाई संचारमाध्यमले निकै चासोका साथ हेरेका छन् । उनीहरुबीचको कुराकानीको विवरण भने सार्वजनिक भइसकेको छैन ।
पुटीनका विरोधी एलेक्सी नवेलनीलाई जेलमा राखेको विषयमा अमेरिकाले कडा टिप्पणी गर्दै आएको छ । अमेरिका र रुसबीचको सम्बन्ध चिसिएको समयमा भएको भेटले महत्वपूर्ण सम्बन्ध सुधार हुने अपेक्षा विश्लेषकहरुले गरेका छन् ।