गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पद सुरक्षित

काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

नेपालको संविधान धारा १६८ को ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही अनुसार पोखरेलले शुक्रबार विश्वासको मत लिएका थिए ।

प्रदेश सभामा कायम भएको कुल ५८ सदस्यमध्ये उनले ३१ जना सांसदको मत प्राप्त गरेका छन् । भने उनको विपक्षमा २७ मत परेको थियो ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा) २, राष्ट्रिय जनमोर्चाका २ र एक स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) ले उनको पक्षमा मतदान गरेका थिए । भने एमालेले उनको विपक्षमा मतदान गरेको थियो ।

उनी २९ जेठमा पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ वैशाखमा मागेको विश्वासको मत पाउन असफल भएपछि पोखरेल २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।