दोलखा । दोलखामा बग्ने तामाकोशी नदी पहिरोका कारण थुनिएको छ । नदीको बहाव थुनिएसँगै तामाकोशीमा जुनसुकै बेला बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले सतर्क रहन सूचना जारी गरेको छ । शुक्रबार साढे ९ बजे राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल चीन सीमा क्षेत्रको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यस आसपास भारी वर्षा भएको बताएको छ ।
वर्षापछि पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने प्रशासनको भनाई छ । खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थान तिर जान र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन प्रशासनले अनुरोध गरेको छ ।