स्पेनमा अब घर बाहिर निस्कदा मास्क अनिवार्य नहुने

File Photo

बार्सिलोना । स्पेनले अनिवार्य मास्कको नीतिमा परिवर्तन गरेको छ । त्यहाँका प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ बाट घरबाहिर निस्किँदा मास्क अनिवार्य रहेको नीति हटाउने घोषणा गरेका छन् । शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमद्धारा आयोजित कार्यक्रमबाट उनले यस्तो घोषणा गरेका हुन् । यसले स्पेनले कोरोनालाई जितेको संकेतका रुपमा हेरिएको छ ।

स्पेनको जनसंख्या ४ करोड ७० लाख छ । उनका अनुसार आगामी बिहीबार मन्त्रिपरिषद् बैठकबाट सो घोषणा गरिने छ । सरकारको यो निर्णयपछि सामाजिक दूरी कायम राख्न सम्भव हुने खुल्ला ठाउाँ निस्कदा मास्क नलगाउँदा समेत हुने छ । सार्वजनिक यातायात, घर भित्र र व्यापारिक केन््रदहरुमा भने मास्क लगाउनु पर्ने छ । थप नियमबारे विस्तृतमा जानकारी गराउने उनको भनाई छ ।