उपत्यकामा निषेधाज्ञा अझै लम्बिने, प्रावधान भने खुकुलो पार्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा पूर्ण रुपमा अझै नखुल्ने भएको छ । तर, प्रावधान अहिलेभन्दा समेत खुकुलो पार्ने तयारी गरिएको छ । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । यो बैठकले निषेधाज्ञाबारे आगामी कदमबारे निर्णय लिने भएको हो । स्थानीय सरकार शहरी इलाकामा अझै पनि पूर्णरुपमा निषेधाज्ञा खोल्ने मनसायमा छैन । तर, प्रावधान खुकुलो बनाएर आर्थिक गतिविधि सूचारु गर्न दिइने छ ।

खाद्यान्न र तरकारी पसल अहिले बिहान ११ बजेसम्म खोल्न पाइने प्रावधान रहेको छ । निर्माण सामग्रीका पसल अपरान्ह ४ बजेपछि खुल्न पाइने प्रावधान छ । निजी र सार्वजनिक सवारी खुलेका छैनन् । तर, सडकमा ट्राफिक जाम भइसकेको छ । किनकी सरकारले खुला हुने भनि तोकेका क्षेत्रका मानिसहरुले निजी सवारी चलाउन सक्छन् । नेपालमा कोरोना संक्रमण कम भएको छ । तर, सरकारले संक्रमण पत्ता लगाई यसको नियन्त्रण भन्दा मानिसहरुको प्रतिवन्ध मै जोड दिएको छ ।