भारतमा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई खोप वितरण शुरु

नयाँ दिल्ली । भारतले आजबाट १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप वितरण थालेको छ । यसअघि उमेर समूह छुट्याएर प्राथमिकताका आधारमा कोरोना खोप वितरण गरिएको थियो । महाअभियान नाम दिएर भारतले आजबाट भने १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप दिन थालेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतमा सबै नागरिकले खोप भने निःशुल्क पाउने छन् ।

नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र सरकारले जुटाउने छ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने भएको छ । ती खोप राज्यलाई बाँडिने छ । भारतले सन् २०२१ भित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्यसहित महाअभियान थालेको बताएको छ ।