कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै अर्जेण्टिना शीर्ष स्थानमा

Photo : si.com

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोलले हराएको अर्जेण्टिना शीर्ष स्थानमा उक्लिएको हो । प्रतियोगिता ब्राजिलमा जारी छ । खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरेका हुन् । सोही गोल निर्णायक बन्यो ।

तीन खेलबाट ७ अंक जोडेको अर्जेण्टिनालाई पच्छाइरहेको उरुग्वे भने बराबरी खेलेको छ । चिलीले आत्मघाती गोल गरेपछि उरुग्वेले एक अंक पाएको हो । चिली र उरुग्वेले १–१ गोलको बराबरी खेले । सोमबार राती सम्पन्न खेलमा २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलको ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आयो । त्यसपछि दुबै टीमले गोल फर्काउन सकेनन् ।