यूरोकप : स्कटल्याण्ड समुह चरणबाटै बाहिरियो

काठमाडौं । जारी यूरोकप २०२० मा स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको छ । स्कटल्याण्डमाथि ३, १ को जित निकालेको क्रोएसिया भने अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राती सम्पन्न खेलमा स्कटल्याण्डलाई जित्नै पर्ने दवाव थियो । निकोला भ्लासिचले १७औं मिनेटमा क्रोएसियालाई अग्रता दिए । ४२औं मिनेटमा क्यालम मक्ग्रेगरले बराबरी गोल फर्काएका थिए । कप्तान लुका मोड्रीचले ६२ औं मिनेटमा दर्शनीय गोल गरे । ७७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई विजयी बनाए ।

आजै भएको अर्को खेलमा इंग्ल्यान्ड समूह विजेतका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १, ० गोल अन्तरले हराएको इंग्ल्यान्ड समूह विजेता बनेको हो । इंग्ल्याण्डको जितमा १२औं मिनेटमा रहिम स्ट्रर्लिङले गरेको गोल नै निर्णायक बन्यो । चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ ।