यूरोकप : फ्रान्स र पोर्चुगल बराबरी खेले

काठमाडौं । जारी युरोकप २०२० मा समूह एफको अन्तिम खेलमा बलियो दुई टीम फ्रान्स र पोर्चुगलबीच बराबरी भएको छ । खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलमा गोल गरेका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध टीमका लागि दुबै गोल आफैले गरेका छन् ।उनले १७७ खेलमा १०९ गोल गरेका हुन् ।

अली दाइको १४९ खेलमा सो संख्यामा गेल गरि कीर्तिमान राखेका छन् । खेलमा कुल तीन गोल पेनाल्टीबाट भएकोमा रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरे । फ्रान्सका करिम बेन्जामाले पेनाल्टीबाटै बराबरी गोल फर्काए । बराबरीसँगै फ्रान्स ५ अंक जोड्दै समूह एफ विजेता बनी अन्तिम १६ मा प्रवेश गर्यो । ४ अंक जोडेको पोर्चुगल जर्मनीसँग हेड टु हेडमा पछि पर्दै तेस्रो स्थान रह्यो । सो टीम समेत अन्तिम १६ मा पुगेको छ ।