कोपा अमेरिका : उरुग्वे र पाराग्वेको जित

Photo : Then24.com

काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा उरुग्वे र पाराग्वेले जित निकालेका छन् । चिलीसँगको खेलमा पाराग्वेले २–० गोल अन्तरको जित निकालेको छ । जितसँगै पाराग्वे समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेको ३ खेलबाट ६ अंक भएको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको ३ खेलबाट ७ अंक छ । चिलीको ४ खेलमा ५ अंक भएको छ ।

उता, कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित निकालेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २–० गोल अन्तरले हराउँदै उरुग्वेले पहिलो जित निकालेको हो । समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ । जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ ।