युरोकप : आजबाट नकआउट चरणका खेल शुरु

Photo : tass.com

काठमाडौं । जारी यूरोकप फुटबलमा आजबाट नकआउट चरणका खेल शुरु हुँदैछन् । अन्तिम १६ का खेलमा पहिलो खेल नेपाली समय अनुसार राति पौने १० बजे वेल्स र डेनमार्क खेल्ने छन् । खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुनेछ । आजै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया भिड्ने छन् । इटलीले समूह चरणका तीनवटै खेल जित्दै अन्तिम १६ मा पुगेको हो । अस्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई हराएको थियो ।