देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले हुँदैनन् : ओली, कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने नेपाल पक्षको अडान

काठमाडौं । नेकपा एमालेमा चर्किएको विवाद अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटनको मुद्दा र त्यसमा विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरमा पुगेर अड्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर बहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका नेतालाई सोमबार भित्र हस्ताक्षर फिर्ता लिन समय दिएका छन् ।

उनले शनिबार समेत सोही प्रशंग दोहोर्याए । शनिबार वालुवाटारमा आयोजित एमालेको केन्द्रिय कमिटि बैठकमा उनले देउवाको पक्षमा हस्ताक्षर गर्ने नेता एमाले हुन नसक्ने बताए ।

यता, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेको छ । शनिबार नेता नेपालले आफु निकट सांसदहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने निष्कर्ष निकालिएको हो ।

अध्यक्ष ओलीले बोलाएको केन्द्रिय कमिटि बैठकलाई समेत यो समूहले अवैधानिक भनेको छ । सोहीकारण सो बैठकमा माधव पक्षका नेता गएका छैनन् । यो समूहले भने धानमन्त्री एवं पार्टी अध्यक्ष नै पार्टी एकताको विरोधमा रहेको बताइरहेको छ । दोस्रो तहका नेताको अथक प्रयासका वावजुत पार्टीमा विषयहरु मिल्न सकेका छैनन् ।