इंल्याण्ड र डेनमार्क पुगे यूरोकपको सेमिफाइनल, कुन-कुन टीम भिड्नेछन् ?

Photo : tass.com

लण्डन । प्रभावशाली जितसहित इंल्याण्ड र डेनमार्क जारी युरोकप २०२० को सेमिफाइनल पुगेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । शनिबार राति सम्पन्न अन्तिम दुई क्वाटरफाइनलबाट सेमिफाइनलमा खेल्ने चार टोलीको टुङ्गो लागेको छ । शनिबार राति डेनमार्कले चेक रिपब्लिकलाई २,१ ले हरायो ।

इंग्ल्याण्डले भने युक्रेनमाथि ४, ० को प्रभावशाली जित निकालेको हो । विजेता दुई टोली दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनल भने इटली र स्पेनबीच हुने छ । इंग्ल्याण्डले अहिलेसम्म यूरोकप जित्न सकेको छैन । इटली र स्पेनबीच जुलाई ६ तथा इग्ल्याण्ड र डेनमार्कबीचको खेल जुलाई ७ मा हुने तालिका छ । दुवै खेल नेपाली समय अनुसार राति १२ः४५ बजे हुनेछन् । फाइनल खेल जुलाई ११ मा हुनेछ ।