अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले पाए मेक्सिकोको समेत जिम्मेवारी

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन् । उनी अमेरिकामा बस्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयको भनाई छ । डा. खतिवडा विगत एक वर्षदेखि नेपाली राजदूत बनेका छन् । उनी नेपालका पूर्वमन्त्री हुन् ।