अफगानिस्तानको अधिकांश सीमा क्षेत्र तालिवान विद्रोहीको कब्जामा, सेना फिर्तिको प्रभाव

File Source : AP Photo

काबुल । अमेरिका र नेटासम्बद्ध सैनिक फिर्ता भएसँगै द्धन्द्धग्रस्त मुलुक अफगानिस्तानमा विद्रोहीको पकड बलियो भएको छ । तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले पुष्टी गरेका छन्। बीबीसीका अनुसार इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको छ ।

अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको हो । अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमानाका तालिबानले कब्जा गरेको अफगान अधिकारीले बताएका छन् । तालिबान फौजले सीमा भन्सार कार्यालयबाट अफगान समेत निकालेका छन् ।


इस्लाम काला नामक उक्त नाका इरानसँगको सबभन्दा ठूलोमध्येको व्यापारिक नाका हो। त्यहाँबाट मासिक २ करोड डलर राजस्व उठ्छ । अमेरिकी सेनाको फिर्ती प्रक्रियासँगै तालिबानले भूभाग कब्जा गर्ने कारबाही तेज पारिरहेको छ। गत महिना तालिबानले अफगानिस्तानको अर्को छिमेकी ताजिकिस्तानसँगको मुख्य सीमानाका कब्जा गरेका थिए। तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहेको बताएको छ।