मेसी बार्सिलोनामा ५ वर्ष सम्झौता लम्ब्याउन तयार

Photo : mundo

काठमाडौं । अर्जेन्टिनीका स्टार स्ट्राइकर लियोनल मेसी बार्सिलोनामै रहने सम्भावना बढेको छ । करियरको सम्पूर्ण खेल जिवन यही क्लवमा बिताएका मेसी अहिले क्लवसँगको अनुवन्ध सकिएर स्वतन्त्र रहेका छन् । तर, उनी अन्य कुनै क्लव जाने सम्भावना तत्काल छैन । यसमा मुख्यकारण मेसी र बार्सिलोनाबीच सहमति भएको र उनी ५ वर्ष सम्झौता लम्ब्याउन तयार भएको बताइएको छ । मेसी विश्वकै महंगा फुटबलर हुन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार स्पेनीस क्लब बार्सिलोना अहिले आर्थिक संकटसँग जुधिरहेको छ । साथै मेसी स्वयमः क्लवका लागि सबैभन्दा ठूलो आर्थिक स्रोत पनि हुन् । किनकी मेसी अनुवन्ध हुनासाथ क्लवसँग प्रयोजकको भिड लाग्छ । कोरोना महामारी कालको यो संकटमा मेसी आफ्नो पारिश्रमिक घटाउन तयार भएपछि क्लव र खेलाडीबीच सम्झौता हुने बिन्दुको नजिक सहमति पुगेको गोल डटकमले लेखेको छ ।

मेसीको सम्झौता अब सन् २०२६ सम्म लम्बिने छ । उनी अहिले ३४ वर्षका भए । नयाँ सम्झौता अनुसार उनी बार्सिलोनामा ३७ वर्षको उमेरसम्म रहने छन् । बार्सिलोनामा मेसीले २० वर्ष करियर पुरा गरि निस्कने इच्छा देखाएका छन् । मेसीलाई विश्वका धनी क्लव पेरिस सेन्ट जर्मेइन र म्यानचेस्टर सिटीले पनि इच्छा देखाइरहेका छन् ।