काठमाडौं । जसपाको पार्टीमा देखिएको विवादका सम्बन्धमा आज जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत निर्वाचन आयोगमा हुँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई आयोगले बोलाएको छ । कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा छ । सोहीकारण आधिकारिकता डा. बाबुराम भट्टराई । उपेन्द्र यादव पक्षले पाउने छ ।
यो समूहले केपी शर्मा ओलीको कदमविरुद्ध उभिएको थियो । महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने अल्पमतमा पर्ने छ । यो समूह भने यसअघि केपी ओलीलाई समर्थन गर्दै सरकारमा समेत गएको थियो । जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसपा आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । यो निर्णयविरुद्ध अन्तिरिम आदेश माग्दै महन्थ ठाकुर पक्ष सर्वोच्च समेत पुगेको थियो । तर, अदालतले अन्तिरम आदेश दिन मानेन ।