काठमाडौं । सोमबारबाट मुलुकका अधिकांश स्थानमा झरि पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम बुधबारसम्म जारी रहने भएको छ । यसले जोखिमपूर्ण क्षेत्रमा बाढी र पहिरो निम्त्याउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । यो तीन दिन मनसुन सक्रिय हुन लागेको हो । केही स्थानमा ठूलो पानी पर्ने, त्यसले खोलाको बहाव बढ्ने र पहिरोको समेत जोखिम हुने भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सोमबार सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यी स्थानमा गतरातिदेखि नै पानी परिरहेको छ । महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।