टेक्सस राज्यको एल पासो सथित एक सुपर मार्केटमा गोली चलेको खबर प्राप्त भएको छ । एल पासो प्रहरीले दिउसो एक बजेर ९ मिनेटमा सुचना सार्वजनिक गर्दै लेखेको छ ”सिलो भिस्टा मल भएको क्षेत्रबाट परै रहनु । “ । एन बि सि न्युजका अनुसार शनिबार बिहान एल पासोस्थित वालमार्ट भित्र गोली चल्दा १८ जना घाईते भएका छन । प्रहरी श्रोतले संचार माध्यमलाई बताए अनुसार वालमार्ट भित्र गोली चलाऊनेहरु १ जना मात्र नभै त्यो भन्दा धेरैको संख्यामा रहेका छन । घटनास्थल एल पासो अन्तरराष्ट्रिय बिमानस्थलबाट ३ माईल्स टाढा पर्दछ ।
साउथ हेभेन मिसिसिपीमा रहेको एक वालमार्ट सटोरमा गोली चल्दा गत बिहीवार २ जनाको मृत्यु भएको थियो ।