काठमाडौं । काठमाडौं महानगरपालिकामा ५० वर्ष उमेर भन्दा माथिका सबैले आजबाट कोराना भाइरस (कोभिड १९) विरुद्धको भेरोसेल खोप लगाउन पाउने भएका छन् । महानगरपालिकाले यसको जानकारी दिएको हो । महानगरपालिकाका अनुसार यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहले आज बिहीबारबाट खोप लगाउन पाउने छन् ।
महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाउने तालीका छ । खोप लगाउन जाँदा उमेर खुल्ने नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ । यस्ता प्रमाणपत्र नभए सम्बन्धित वडाले गरेको सिफारिश पत्र लिएर गएमा खोप लगाउन सकिने समेत महानगरपालिकाले जानकारी गराएको हो ।
