फिफा वरियतामा नेपालको सुधार

तस्वीर : एन्फा

काठमाडौं । फिफा वरीयतामा नेपाली फुटबल टोलीको वरियता सुधार भएको छ । फिफाले बिहीवार सार्वजनिक गरेको वरियतामा नेपाल एक सय ७१ औँ स्थानबाट एक सय ६८ औँ स्थानमा उक्लन सफल भएको छ । नेपालले यसअघि विश्व कप छनोट र एसिया कप छनोटका खेलमा संतोषजनक प्रदर्शन गरेको थियो । सोही आधारमा नेपालको वरीयतामा सुधार आएको छ ।

दक्षिण एसियाली देशमा नेपाल भन्दा माथि भारत र माल्दिभ्स रहेका छन् । नेपाल तेस्रो स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । ब्राजिल दोस्रो स्थानमा छ । फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो र इटली पाँचौँ स्थानमा छन् । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा रहेको वरियता फिफाले सार्वजनिक गरेको छ ।