काठमाडौं । महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएको ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो ।
यसअघि जसपा (लोकतान्त्रिक) नाम राखेर आयोगमा दर्ताका लागि प्रस्ताव गरिएपनि पुराना पार्टीसँग मिल्दोजुल्दो नाम भएकाले नयाँ नाम लिएर आउन आयोगले आग्रह गरेको थियो ।
महन्थ ठाकुर अध्यक्ष रहेको पार्टीमा दुई जना वरिष्ठ नेता रहने भएका छन् । राजेन्द्र महतो र शरतसिंह भण्डार वरिष्ठ नेता रहने भएका हुन् ।