दाङ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ। घटनामा कारका चालक भने गम्भीर घाइते भएक छन् । नेपाली संचारमाध्यमहरुले स्थानीय प्रहरी स्रोतलाई उदृत गर्दै जनाए अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको हो । गतराति करिब १०ः५० मा भएको यो घटनामा चार जनाको मृत्यु भएको हो । खोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको बताइएको छ । चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगर १३ की ४० वर्षीया रितामाया पुन, सोही ठाउँकी ३५ वर्षीया सुशीला श्रेष्ठ, घोराही १५ की ३३ वर्षीया राधा कुँवर, सोही ठाउँकी ४३ वर्षीया बिमला केसीको मृत्यु भएको छ । कार चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन्। खोलाले बगाएकाको शव घटनास्थलबाट तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने स्थानमा फेला पारिएको छ ।