नेपाल र भारत एक-एक गोलको बराबरी खेले

काठमाडौं । नेपाल र भारतीबीचका मैत्रिपूर्ण फुटबल एक-एक गोलको बराबरीमा सकिएको छ । सुरुवाती अग्रता लिएको नेपालले अन्तिमसम्म त्यसलाई जोगाउन भने सकेन । सोहीकारण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको हो । दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए पनि त्यसपछि भने दुबै टीमबाट गोल हुन सकेन ।

नेपालका लागि ३६ औं मिनेटमा अन्जन विष्टले गोल गरेका थिए । ६० औं मिनेटमा भारतका वैकल्पिक खेलाडी अनिरुध थापाले गोल गर्दै खेल बराबरी गरेका हुन् । नेपाल र भारतबीच अर्को खेल आइतबार हुने तालिका छ । नेपालले आज करीव ५ हजार घरेलु दर्शकसामु फुटबल खेलेको छ । नेपालको प्रदर्शन सुधारिएको देखिएको छ ।