काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । बुधबार बिहान हिमालय एयरलाइन्सको कार्गो उडानबाट उनी बैंकक गएका हुन् । बैंककमा हिमालयको नियमित उडान भने छैन । नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् ।
पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने कार्यक्रम छ । उनी जण्डिस बिग्रिपछि देखा पर्ने समस्याबाट लामो समयदेखि पीडित छन् । यो अवस्था कुनै पनि बेला खतरनाक बन्न सक्छ । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए । पुन दम्पतीलाई माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायतले बिदाई गरे ।