चीनमा पानीजहाज दुर्घटना, कम्तिमा १२ को मृत्यु

file : BBC

काठमाडौं । चीनको गुझाउ प्रान्तमा एक पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार चीनको जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका छन् । अधिक भारका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो । हराइरहेकाहरुको अहिले पनि खोजी भइरहेको समाचारमा उल्लेख छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।