काठमाडौं । शुक्रबारबाट शुरु भएको साफ चाम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई उसकै घरेलु मैदानमा १-० गोल अन्तरले हराएको हो । नेपालले साफमा पहिलो पटक माल्दिभ्सलाई हराउन सक्यो । यो ऐतिहासिक जितको नायक बने मनिस डाँगी । उनले ८६ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णय बन्यो । ६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा उनी मैदान प्रवेश गरेका थिए ।
प्रशिक्षकको रणनीतिलाई सहि सावित गर्दै डाँगीले ८६औं मिनेटमा निर्णायक गोल गरे । खेलमा नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले समेत उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा माल्दिभ्सले राम्रो दवाव बनाएको थियो । तर, दोस्रो हाफमा नेपालमा खेलमा फर्कियो । माल्दिभ्स साविक विजेता समेत हो । जितसँगै नेपालले तीन अंक जोड्न सफल भयो । नेपालको दोस्रो खेल श्रीलंकासँग सोमबार छ ।